टाइगर कप भलिबल: महिलातर्फ समूह ‘ए’ बाट एपिएफ र पुलिस सेमिफाइनल प्रवेश
पाेखरा | माघ ३, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो ।
नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो ।
यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

